टिकटक बन्दको निर्णयविरुद्ध सर्वाेच्चमा रिटैरिट, सोमबारदेखि प्रारम्भिक सुनुवाइ
nayapatrikadaily.com · Sat Nov 18 00:18:00 GMT 2023
छोटा भिडियोमा आधारित सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वाेच्च अदालतमा रिट निवेदनको चाङ लागेको छ । टिकटक बन्द गर्ने निर्णयपछि अदालत खुलेको पहिलो दिन शुक्रबार सर्वाेच्चमा १० वटा रिट निवेदन दर्ता भएका छन् ।
सर्वाेच्चले आगामी सोमबारदेखि रिटमा प्रारम्भिक सुनुवाइ गर्ने भएको छ । सामाजिक सद्भाव बिगारेको भन्दै गत २७ कात्तिकमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । सोही दिन बेलुकादेखि नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गराएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)