एकसाथ वृद्धभत्ता बुझेर आउँदै गर्दा भीरबाट धकेलेर भाइको हत्या
annapurnapost.com · Thu Oct 20 16:57:00 GMT 2022
सन्धिखर्क : अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकामा आफ्नै दाजुले भाइको हत्या गरेका छन्। बुधबार भुमिकास्थान नगरपालिका १ खलाधारा भीरबाट लडी साम्नेगाँउ निवासी ७० वर्षका वीरबहादुर गमालको मृत्यु भएको थियो।
प्रहरीका अनुसार बुधबार दिउँसो करिब ४ बजेको समयमा वीरबहादुर गमाल र उनका ७४ वर्षीय दाजु हिमबहादुर गमालले भत्ता बुझेपछि हिँड्दै घर फर्केका थिए। घर फर्किदै गर्दा बेलुकी ७ बजेको समयमा बाटोमा लेनदेको विषयमा दुई भाइको सामान्य विवाद भई धकेला धकेल हुँदा भिरबाट धकेली भाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)