मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्व आयुक्त भाइ काजी तिवारी विरुद्ध भ्रष्टाचार मुद्दा, श्रीमती र छोरी पनि प्रतिवादी

barnanmedia.com · Thu Apr 16 22:33:48 GMT 2026

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त भाइ काजी तिवारी विरुद्ध १० करोड ५४ लाख अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार तिवारीको सेवा प्रवेश अवधि (२०४४ भदौ १९) देखि अवकाश (२०७८ वैशाख ९) सम्मको जाँच अवधिमा उनको आय र व्ययको विवरण मिलेको छैन।

अभियोग पत्र अनुसार उनको पारिश्रमिक, भत्ता, घरजग्गा बिक्री, कर्जा र श्रीमतीको आयसमेत गरी कुल १४ करोड ५१ लाख रुपैयाँ वैध आय देखियो। त्यसमा घरजग्गा खरिद, शेयर लगानी, छोरीको नाममा खरिद गरिएको घर, वैदेशिक अध्ययन र अन्य विलासी वस्तु (हिराको हार आदि) गरेर २५ करोड ६ लाख कुल खर्च तथा लगानी देखियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)