मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वैकल्पिक भनिएका शक्तिहरू बिचार शून्य र विध्वंसात्मक बाटोमा लागे :  राउत

ratopati.com · Sat Jun 13 10:18:29 GMT 2026

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सीके) राउतले मुलुकमा पछिल्लो समय स्थापित हुन खोजेका वैकल्पिक राजनीतिक शक्तिहरू विचार शून्य र तर्कहीन बन्दै गएको बताएका छन् । काठमाडौँमा शनिबार नयाँ शक्तिको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष राउतले नयाँ पुस्तामा विचार र सिद्धान्तभन्दा पनि ‘सेलेब्रिटी’ प्रवृत्ति र विध्वंसप्रति आकर्षण बढेको टिप्पणी गरे । राजनीतिमा विचार र नैतिकताको प्रधानता हुनुपर्नेमा जोड दिए । उनले हालको राजनीतिक अवस्थालाई ‘बिचार शून्य युग’को संज्ञा दिँदै सामाजिक सञ्जालमा हुने गालीगलौज र तर्कहीन बहसले लोकतन्त्रलाई कमजोर बनाइरहेको तर्क गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय