ब्रेक फेल भएर बिहुँमा कार दुर्घटना
gorkhapatraonline.com · Sat Jun 13 10:18:42 GMT 2026

मध्यपहाडी लोकमार्गको बिहुँमा कार दुर्घटनामा परेको छ। आज बिहान बागलुङको काठेखोला गाउँपालिका –६ धैरेनी स्थित मध्यपहाडी लोकमार्गमा गुडिरहेको कार ब्रेक फेल भएर सडकबाट ६० मिटर तल खसेको बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक फरिन्द्र प्रसाईले जानकारी दिनुभयो।
२१ वर्षका अमृत केसीले चलाएको गाडी गलकोटबाट बागलुङ आउदै गरेको बागमती प्रदेश २५ च ०५२७ नम्बरको कारको ब्रेक फेल भइ दुर्घटना भएको बताइएको छ । दुर्घटनामा चालकसहित ३ जना सवार रहेको र मानवीय क्षति नभएको प्रहरीले बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)