तीन दिनदेखि बेपत्ता पर्वतकी वृद्धा मृत फेला
lokaantar.com
विगत तीन दिनदेखि आफ्नै घरबाट बेपत्ता भएकी पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीकी एक महिलाको मृत अवस्थामा भेटिएकी छिन् ।
स्थानीय ८० वर्षीया वसुन्धरा बगालेलाई मृत अवस्थामा आज दिउँसो २ः१५ बजे प्रहरीले फेला पारेको हो । गत शनिबार साँझ ६ः३० बजेदेखि बेपत्ता भएको भनी प्राप्त भएको सूचनाका आधारमा खोजतलास गर्न पुगेको प्रहरी टोलीले उनलाई घरभन्दा करिब तीन किमी उत्तरतर्फको एकोहोरे जङ्गलको भिरमुनि अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक भुवन बरामले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)