सिँचाइ पोखरीमा डुबेर एकैघरका दाजुबहिनीको मृत्यु
ekagaj.com · Mon Aug 26 16:15:59 UTC 2024

खोटाङ- हलेसी तुवाचुङ नगरपालिका–३ च्याम्टिारस्थित बाङमाका दुई बालबालिकाको एउटै सिँचाइ पोखरीमा डुबेर मृत्यु भएको छ । च्याम्टिारस्थित बाङमाका स्थानीय गइन्द्र राईको छ वर्षीय छोरा सङ्गम राई र तीन वर्षीया छोरी समृद्धि राईको आज साँझ सिँचाइ पोखरीमा डुबेर मृत्यु भएको हो ।
दिनभर घरैमा खेलिरहेका दाजुबहिनी बेलुकीपख हराएपछि खोजी गर्नेक्रममा घरदेखि केही पर रहेको भुतियाखोला नजिकै बनाइएको सिँचाइ पोखरीमा डुबिरहेको अवस्थामा फेला पारिएको थियो । बेलुका पौने छ बजे फेला पारिएका दुवै जनालाई हातखुट्टा चलाउँदै गरेको अवस्थामा सिँचाइ पोखरीबाट उद्धार गरेर घरमा ल्याएको केही समयमा दुवै जनाको मृत्यु भएको वडाध्यक्ष भूपालसिंह राईले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)