दलित र सीमान्तकृत महिलाको अर्थपूर्ण प्रतिनिधित्व गराउन माग
ekantipur.com · Tue Sep 27 16:21:45 GMT 2022
काठमाडौँ — महिला नेता र सरोकारवालाले राज्यका निकायमा दलित र सीमान्तृकत समुदायका महिलाको अर्थपूर्ण प्रतिनिधित्व गराउन माग गरेका छन् । मंगलबार काठमाडौंमा भएको ‘नेपालमा दलित र सीमान्तकृत महिलाको सहभागिता’ बारेको छलफलमा सहभागी नेता र सरोकारवालाले राज्यले नीतिगतरुपमै समाधान नगरेसम्म दलित र सीमान्तृकत समुदायका महिलाको अर्थपूर्ण प्रतिनिधित्व हुन नसक्ने बताएका हुन् ।
राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले पितृ सत्ताको मारमा परेका महिलामध्ये पनि दलित, सीमान्तकृत र अपाङ्गता भएका महिलाहरुले भिन्न खालको विभेद र हिंसा भोग्नुपर्ने यथार्थ कायम रहेको भन्दै चिन्ता व्यक्त गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)