मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

क्याडेट ब्वाइजको उपाधि एलानलाई

ekantipur.com · Sun Sep 04 01:07:11 GMT 2022

काठमाडौँ — एभीएमका एलान महर्जनले एभरेस्टका आर्यन शाहीलाई कडा प्रतिस्पर्धात्मक खेलमा पराजित गर्दै शनिबार कल्यान्ड पाण्डे राष्ट्रिय जुनियर्स तथा क्याडेट प्रतियोगिताको क्याडेट ब्वाइज सिंगल (यू–१५) उपाधि जितेका छन् । लैनचोरको राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा एलान १०–१२, १२–१०, ११–८, ८–११ र ११–३ ले विजयी रहे ।

त्यसै स्पर्धामा काठमाडौंका शंकर पहारी र बुटवल टेबलटेनिस एकेडेमीका विसु सुनार तेस्रो भए । आइतबार अन्तिम दिन तीन स्पर्धाको फाइनल हुनेछ । त्यसमध्ये जुनियर ब्वाइज (यू–१९) को फाइनल एभीएमका रुबिन महर्जन र मोरङका बोधित डीसीबीच हुनेछ । पहिलो सेमिफाइनलमा रुबिनले नुवाकोटका ज्ञानञ्जय दाहाललाई ९–११, ११–६, ११–७ र ११–९ ले पराजित गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)