सडकआश्रित सहयोगापेक्षी मानव उद्धार कार्य सुरु
barnanmedia.com · Thu Apr 16 23:26:27 GMT 2026

काठमाडौँ, ४ वैशाख : काठमाडौँ महानगरपालिकाले सडकआश्रित सहयोगापेक्षी मानव उद्धार कार्य सुरु गरेको छ । उद्धारमा महानगर प्रहरी बल, नेपाल प्रहरी, मानव सेवा आश्रम र वडाका जनप्रतिनिधिसहित सरोकारवाला सहभागितामा हरेक दिन तीन सिफ्टमा उद्धार कार्य हुने कामपाले जनाएको छ ।
काठमाडौँलाई सडकआश्रित सहयोगापेक्षीमुक्त सहर बनाउन कामपाले नेपाल प्रहरी, मानव सेवा आश्रम र स्थानीयहरूको सहभागिताका सडकमा रहेका बिरामी, मानसिक तथा शारीरिक रूपमा अशक्त, बेवारिसे व्यक्तिहरूलाई उद्धार थालेको कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)