बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ
barnanmedia.com · Thu Apr 16 23:28:37 GMT 2026

बिस्केट जात्राको सातौँ दिन बिहीबार भक्तपुरमा इतिहासमै पहिलोपटक महिलाहरूले नकिजु अजिमा (भद्रकाली)को दुईतले रथ तानेका छन् । आठ रात नौ दिनसम्म भक्तपुरमा भव्य रूपमा मनाइने बिस्केट जात्रामा सातौँ दिन पाँचतले मन्दिरबाट नकिजु अजिमा (भद्रकाली)को रथ तानेर इतिहास कायम गरेका हुन् ।
यसअघि हरेक वर्ष पुरुषहरूले तान्दै आएको नकिजु अजिमाको रथ यस वर्ष भने जात्रा व्यवस्थापन समितिले नै महिलाहरूलाई आह्वान गरी पहिलोपटक महिलाहरूले मात्रै रथ तानेका हुन् । वैशाख १ गते ल्यासिंखेलमा लिङ्गो ढालेपछि त्यहीबाट भैरव र भद्रकालीको रथलाई तानेर ल्याई गःहिटीम जुधाउने प्रचलन रहेको छ । नकिजु अजिमाको रथ तान्नलाई हजाराँै महिलाको भीड थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)