तनहुँमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु
baahrakhari.com · Thu Apr 16 23:34:45 GMT 2026

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखाका ६१ वर्षीय खुदबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
दमौलीबाट आँबुखैरेनीतर्फ जाँदै गरेको प्र३–०१–००३क ४८९८ नम्बरको ग्यास सिलिन्डर बोकेको ट्रकले बाटो काट्ने क्रममा थापालाई ठक्कर दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)