सह-आयोजक क्यानडा विश्वकपबाट बाहिरियो, मोरक्को ३-० ले विजयी हुँदै क्वार्टरफाइनलमा
setopati.com · Sat Jul 04 20:04:00 GMT 2026
सन् २०२६ को विश्वकप सह-आयोजक क्यानडा प्रतियोगिताबाट बाहिरिने पहिलो आयोजक राष्ट्र बनेको छ। अमेरिकाको ह्युस्टनमा भएको अन्तिम १६ को पहिलो खेलमा मोरक्कोले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै क्यानडालाई ३-० ले पराजित गर्यो।
मोरक्कोका लागि अजेद्दिन उनाहीले दुई गोल गरे भने सुफियान राहिमीले खेलको अन्तिम समयमा एक गोल थपे। यो जितसँगै मोरक्को सन् २०२२ को विश्वकपमा बनाएको सेमिफाइनलको कीर्तिमान बराबरी गर्नबाट अब मात्र एक जित टाढा छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)