जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँचको मृत्यु, मृत्यु हुने चार एकै वडाका
nayapatrikadaily.com · Sat Jun 24 00:19:00 GMT 2023
जन्ती लिएर गएको जिप गोरखाको पातलेखोलामा शुक्रबार दुर्घटना हुँदा गोरखामा पाँचजनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये चारजना सहिद लखन गाउँपालिका– ५ पोखरीडाँडाका हुन् भने एकजना वडा नम्बर ४ का हुन्।
जिल्ला प्रहरी कार्यालयका डिएसपी लीलाराज लामिछानेका अनुसार १९ वर्षीय प्रवीण थापा, १९ वर्षीय नीरज थापा, १९ वर्षकै नवीना थापा, २८ वर्षीय वीरबहादुर थापा र ६४ वर्षीय धनबहादुर थापा छन् । दुर्घटनामा १२ जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)