‘दलितसँग विवाह गरेकाले चार–पाँच वर्ष माइतीसँग बोलचाल भएन, जातीय विभेद हटाउन पहल गर्नेछु’
kathmandupress.com · Tue May 10 16:15:00 GMT 2022
काठमाडौं वैशाख २७ : काठमाडौं महानगरपालिका वडा २० को दलित महिला सदस्यका लागि उर्मिला नेपाली चुनावी प्रचार–प्रसारमा व्यस्त छन् ।
कांग्रेसका तर्फबाट उम्मेदवार रहेकी उर्मिला ०७४ मा निर्वाचित जनप्रतिनिधिबाट प्रभावित छन् । ०७४ का जनप्रतिनिधि र हाल २० वडाकी महिला सदस्य उम्मेदवार शोभा मानन्धर र वडाध्यक्षका उम्मेदवार राजेन्द्र मानन्धरले समाजमा गरेका कामबाट आफू प्रभावित भएको उनी बताउँछिन् । ‘शोभा मानन्धरले मलाई हरेक कार्यक्रममा सहभागी गराउनुभयो, यसरी सामाजिक छलफलमा संलग्न हुँदा राजनीतिप्रति चासो बढ्यो,’ उनी भन्छिन्, ‘०७४ देखि नै म राजनीतिमा सक्रिय रूपमा लागेँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupress.com)