‘हान्टाभाइरस’ सङ्क्रमणको जोखिम नेपालमा न्यून
ratopati.com · Wed May 20 15:01:22 GMT 2026

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपालमा हान्टाभाइरस सङ्क्रमणको जोखिम न्यून रहेको बताएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले हान्टाभाइरस समूहको ‘एन्डिज भाइरस’बाट सङ्क्रमित हुने मुसा नेपालमा नपाइने भएकाले नेपालमा हान्टाभाइरसको जोखिम अत्यन्त न्यून रहेको बताए।
उहाँका अनुसार नेपालमा हान्टाभाइरस सङ्क्रमणको अझै पुष्टि भएको छैन। यो एक प्रकारको दूर्लभ भाइरस हो । यो भाइरस मुख्यतः सङ्क्रमित मुसाको पिसाब, दिसा र र्यालबाट मानिसमा सर्ने गर्दछ । तर वैज्ञानिक अध्ययन अनुसार मानिसबाट मानिसमा सङ्क्रमण सीमित अवस्थामा मात्र सम्भव हुने र सामान्यतया अत्यन्त नजिकको सम्पर्कमा मात्र सर्ने सम्भावना रहेको हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)