मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युद्धविराम गर्ने पुटिनको प्रस्तावलाई युक्रेनले गर्‍यो ठाडै अस्वीकार

baahrakhari.com · Fri Jan 06 17:35:00 GMT 2023

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घोषणा गरेको ३६ घन्टे युद्धविरामलाई युक्रेनले अस्वीकार गरेको छ । पुटिनले रुसी अर्थोडक्स क्रिस्मसको अवसरमा यस अवधिका लागि युद्धविरामको घोषणा गरेका थिए । उनले यसबारे जवाफ दिन युक्रेनलाई आग्रह गरेका थिए ।

तर, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो फौजलाई युक्रेनको पूर्वी भागमा बढ्न नदिने उद्देश्यले अचानक युद्धविराम घोषणा गरिएको बताएका छन् । क्रेमलिनको विज्ञप्ति हेर्दा पुटिनले रुसी अर्थोडक्स चर्चका अध्यक्षको कुरा सुनेर यो कदम चालेको देखिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)