ओलीलाई पूर्वबाट धक्का दिइन् विद्या भण्डारीले
barnanmedia.com · Fri Mar 07 21:36:10 GMT 2025

एमालेमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध प्रश्न बर्जित छ। उनले पार्टीको भवन बनाउन भाटभटेनीका साहु मीनबहादुर गुरुङको दान लिने निर्णय गरेपछि विरोधमा उत्रिएका विन्दा पाण्डे र उषाकिरण तिम्सिना ६ महिनाका लागि निलम्बनमा परेका छन्। ओलीविरुद्ध चुनाव लडेका, दानविरुद्ध भाषण गरेका अर्का नेता पूर्वउपाध्यक्ष भीम रावल त पार्टीबाटै निस्काशनमा परिसकेका छन्।
त्यही भएर एमालेमा ओलीविरुद्ध बोल्ने हिम्मत गर्दैनन्। उनी पछिल्लो ६ महिनादेखि प्रधानमन्त्रीको कुर्सीमा बसेपछि त झनै शक्तिशाली बनेको बताइन्थ्यो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)