उपकुलपति बन्ने दौडमा २२६ आकाङ्क्षी, त्रिविमा सबैभन्दा बढी आवेदन
nepalpress.com · Wed May 20 15:02:47 GMT 2026

काठमाडौँ । सरकारले अध्यादेशमार्फत् देशभरका विश्वविद्यालयका पदाधिकारीलाई एकमुस्ट बर्खास्त गरेपछि रिक्त बनेका उपकुलपति पदमा नियुक्तिका लागि उच्च आकर्षण देखिएको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार विभिन्न आठ विश्वविद्यालयका उपकुलपति पदका लागि कूल २२६ आवेदन परेको छ ।सरकारले पहिलाे चरणमा आठ वटा विश्वविद्यालयमा ‘उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ लागू गर्दै खुला आवेदन आह्वान गरेको थियो । सोहीअनुसार अनलाइनमार्फत आवेदन सङ्कलन गरिएको मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)