मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बेटिसलाई हराएर रियल शीर्षमा

ekantipur.com · Sun Aug 29 01:03:51 GMT 2021

म्याड्रिड — रियल बेटिसमाथि शनिबार १–० को जित निकाल्दै रियल म्याड्रिड स्पेनी लिगको शीर्ष स्थानमा छ । केयलिन एमबापेलाई भित्र्याउने प्रयासमा रहेको रियलका लागि डानी कारभाजालले निर्णायक गोल गरे ।

करिम बेन्जेमाको पासमा राइट सेन्टर ब्याक कारभाजालले गोल गोल गरेका हुन् । यो जितपछि रियलको तीन खेलबाट सात अंक भएको छ । शीर्ष स्थानमा रियलसँगै सेभिया, भ्यालेन्सिया र मालोर्काको पनि समान सात अंक छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)