काभ्रे बस दुर्घटना: मृत्यु भएका ८ जनाको पहिचान खुल्यो, छानबिन समिति गठन
rajdhanidaily.com · Sat Jun 13 10:39:34 GMT 2026

काठमाडौँ । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर २ को बुच्चाकोटमा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाउने सबै ८ जनाको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक रविन कार्कीका अनुसार ज्यान गुमाउनेहरूमा सिन्धुलीको घ्यालेख गाउँपालिका–४ का २२ वर्षीया सूर्म लामा, नेपाली सेनामा अमल्दारका रूपमा कार्यरत दैलेखका ३० वर्षीय बमबहादर भण्डारी, रोशी गाउँपालिका वडा नम्बर ६ का ७३ वर्षीय मेघबहादुर तामाङ र रोशी–६ का ७५ वर्ष इन्द्रबहादुर तामाङ रहेका छन् ।
यस्तै रोशी–६ का ५५ वर्षीय राजु तामाङ, रोशी–७ की ३४ वर्षीया फूलमाया तामाङ, रोशी–७ की ६० वर्षीया माया लामा र रोशी–८ की ६० वर्षीया प्यारीमाया तामाङको पनि ज्यान गएको छ ।
बनेपाबाट रोशी गाउँपालिका वडा नम्बर ६ स्थित सुघुरे जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको यात्रुवाहक बस हिजो बीपी राजमार्गअन्तर्गत नमोबद्धमा दुर्घटनामा परेको थियो । घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा १७ जना घाइते भएका थिए ।
छानबिन समिति गठन
बुच्चाकोटमा शुक्रवार भएको बस दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ। नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति शनिबार गठन गरिएको हो। समितिले घटनाको वास्तविक अवस्था, कारण तथा जिम्मेवार पक्ष पहिचान गरी सत्य तथ्य छानबिन गरी ७ दिन भित्र प्रतिवेदन पेस गर्नु पर्ने बताइएको छ ।
सम्बन्धित समाचार
रास्वपा सभापति रवि र भाजपाका राष्ट्रिय अध्यक्ष नवीनसँग भेटवार्ता
यी हुन् ४ हजारभन्दा बढी विद्यार्थी भएका सामुदायिक विद्यालय
रोकिएको गौतमबुद्ध क्रिकेट रंगशालाको काम पुनः सुरु
चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा
आदर्श आजाद माविको ६७ औं र कलेजको १८ औं वार्षिकोत्सव सम्पन्न
श्रीमती हत्या आरोपमा ‘नेपाली ब्रो’ भनिने कुमार थापा पक्राउ
असरल्ल हेटौंडा : न हट्यो संरचना, न बाँच्यो भावना
पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)
नेपाल प्रहरी