प्रिमियर लिग क्रिकेट : प्रिमियर-११ उपाधिनजिक
thahakhabar.com
विराटनगर : नवौं संस्करणको मारवाडी प्रिमियर लिग (एमपिएल) क्रिकेट प्रतियोगितामा प्रिमियर–११ को उपाधी नजिक पुगेको छ। आज (बिहीबार) भएको खेलमा प्रिमियर-११ ले सिएसवि-११ लाई १ सय ३० रनको अन्तरले पराजित गरि लगातार ३ खेलमा जीत हात पार्दै उपाधीनजिक पुगेको हो। नेपाल अग्रवाल यूवा मञ्च विराटनगरको आयोजनामा भएको खेलमा हुलास-११ र म्याजिक स्ट्राइकर्स विजयी भएका छन्।
पहिलो खेलमा प्रिमियर-११ ले सिएसवि-११ लाई १ सय ३० रनको अन्तरले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको प्रिमियरले निर्धारित १० ओभरमा ४ विकेट गुमाई १ सय ८६ रनको विशाल स्कोर खडा गरेको थियो। जसमा म्यान अफ द म्याच कपिल बाहेतीले २१ बलमा ८ छक्का र ६ चौका प्रहार गरि ८६ रन बनाउँदा ऋषि महेश्वरीले १२ बलमा ५१ रनको योगदान दिए। सिएसविका अजय सोनी र जयस सोनीले १/१ विकेट लिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)