कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व
nepalnews.com · Sat Jun 13 10:45:53 GMT 2026

जानकी। बाँके राष्ट्रिय निकुञ्जद्वारा निर्माण गरिएका कृत्रिम पोखरीका कारण वन्यजन्तु संरक्षण र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सहयोग पुगेको छ। निकुञ्जले ३० वटा कृत्रिम पोखरी निर्माणले चुरे तथा भावर क्षेत्रमा वर्षौंदेखि रहँदै आएको पानी अभावको समस्या समाधान हुनाका साथै मानव–वन्यजन्तु द्वन्द्व घटेको जनाएको छ।
निकुञ्जभित्रै बाह्रै महिना पानी उपलब्ध हुन थालेपछि पानीको खोजीमा मानव बस्तीसम्म पुग्ने वन्यजन्तुको सङ्ख्या घटेको निकुञ्जको भनाइ छ । निकुञ्जभित्र बसोबास गर्ने वन्यजन्तुको अवस्थासमेत सुधारिएको निकुञ्जका प्रमुख एवं बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)