मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विपक्षी गठबन्धनको बैठक : सरकार एकपछि अर्को धाँधलीमा व्यस्त भएको ठहर

nayapatrikadaily.com · Fri Jun 04 23:28:00 GMT 2021

विपक्षी गठबन्धनले केपी ओली नेतृत्वको सरकार एकपछि अर्को धाँधलीयुक्त र भ्रष्ट कार्यमा व्यस्त रहेको निष्कर्ष निकालेको छ । गठबन्धनमा सम्बद्ध पाँच दलका शीर्ष नेताहरूको शुक्रबार बसेको बैठकले अवैधानिक सरकारले एकपछि अर्का जनतामा असर गर्ने प्रकृतिका धाँधलीयुक्त र भ्रष्ट कार्य गरिरहेको भन्दै एकताबद्ध भएर प्रतिरोध गर्ने निर्णय गरेको छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले समसामयिक राजनीतिक विषयको समीक्षा गर्दै संविधान, लोकतन्त्र र अहिलेको व्यवस्थाको रक्षाका निम्ति एकताबद्ध भएर संघर्ष गर्ने निष्कर्षमा पुगेको बताए । ‘ओली सरकारले एकपछि अर्को धाँधलीयुक्त कार्य गरिरहेको छ । अध्यादेशमार्फत ल्याएको बजेटमा दीर्घकालीन असर गर्ने र जनताको प्रत्यक्ष जीवनशैलीमा असर पुर्‍याउने प्रकृतिका नीति र योजना आएका छन् । त्यसको विरुद्धमा स्थानीय तहदेखि केन्द्रसम्मै एकताबद्ध भएर जानुपर्छ भन्ने निर्णयमा पुगेका छौँ,’ पौडेलले नयाँ पत्रिकासँग भने ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)