तनहुँको म्याग्दे गाउँपालिका-४ र ७ जोड्ने म्याग्दे खोलामा पुल निर्माण
Ujyaaloonline.com · Thu Dec 28 01:28:57 GMT 2023
तनहुँ - तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर–४ र ७ जोड्ने म्याग्दे खोलामा पुल निर्माण भएको छ । दुई वटा वडा जोड्ने मोटरेबल पुल निर्माण भएपछि स्थानीयबासिन्दा खुसी भएका छन् ।
विगतमा आवतजावतमा समस्या भए पनि अब सहज भएको भन्दै उनीहरुले खुसियालीमा नाचगान समेत गरेका छन् । गएको वर्ष भदौमा सम्झौता भएको पुल एक वर्षभित्र सम्पन्न गर्नेगरी माई कन्स्ट्रक्सन एण्ड बिल्डर्स पर्वतले निर्माणको ठेक्का पाएको थियो । सम्झौताअनुसार काम नसकिएपछि एक महिना म्याद थपेर निर्माण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)