नेसबल बास्केटबल लिग : कीर्तिपुरको ओभरटाइममा बाजी
ekantipur.com · Fri Oct 06 16:50:26 GMT 2023
काठमाडौँ — नेसनल बास्केटबल लिगमा शुक्रबार सर्वाधिक रोमाञ्च र तनावको खेल रह्यो, जहाँ कीर्तिपुर बास्केटबल क्लबले गोल्डेनगेट कलेजलाई ओभरटाइममा पराजित गर्यो । पहिलो चार क्वाटरको खेल समान ८४ को स्कोरमा टुंगिएपछि ओभरटाइममा कीर्तिपुरले ९७–९३ को स्कोरमा बाजी मारेको हो ।
गोल्डेनगेटले २३–२२ ले पहिलो क्वाटर अग्रता लिएको थियो । दोस्रो क्वाटरमा उसको अग्रता ५१–३३ र तेस्रोमा ६९–५५ मा पुगेको थियो । तर, अन्तिम क्वाटरमा कीर्तिपुरले २९ स्कोरको तुलनामा गोल्डेनगेटले १५ स्कोरमात्र गरेको थियो । प्लेयर अफ द म्याच कीर्तिपुरका जीवन सुनारले २८ स्कोर गरे । कीर्तिपुर ४ खेलमा २ जितसहित ६ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । गोल्डेनगेट ४ खेलमा ५ अंकसहित ८ टोली सहभागी छैटौं स्थानमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)