इटहरीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
ekantipur.com · Sun May 22 00:26:39 GMT 2022
सुनसरी — इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल र उपमेयरमा नेकपा एमालेकी संगीता कुमारी चौधरी निर्वाचित भएका छन् ।
गठबन्धनको तर्फबाट उम्मेदवार बनेका पौडेलले निकटम प्रतिस्पर्धी नेकपा एमालेका याम कुमार सुब्बालाई ५ हजार १८ मतान्तरले पराजित गरेका हुन् । जम्मा ७३ हजार ८ सय ३२ मत खसेको इटहरीमा पौडेलले ३३ हजार ४९ मत ल्याएर विजयी हुँदा सुब्बाले २८ हजार ३१ मत मात्र ल्याउन सके ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)