मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

टी-२० महिला विश्वकप: पाकिस्तानलाई पराजित गर्दै भारतको विजयी सुरुवात  

deshsanchar.com · Sun Feb 12 16:56:16 GMT 2023

दक्षिण अफ्रिकामा जारी टी-२० महिला विश्वकपमा भारतले विजयी सुरुवात गरेको छ। हाइस्कोरिङ खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै भारतले प्रतियोगितामा विजयी सुरुवात गरेको हो। उक्त समूहमा यसअघि इंग्ल्यान्डले वेस्टइन्डिजलाई हराउँदै विजयी सुरुवात गरेको थियो।

समूह दुई अन्तर्गतको आफ्नो पहिलो खेलमा भारत विरुद्ध पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य भारतले ६ बल बाँकी हुँदै ३ विकेट गुमाएर पुरा गर्‍यो। भारतको यो विश्वकपमा पाकिस्तानमाथि पाँचौ जित हो। महिला टी-२० इतिहासमा भने पाकिस्तानमाथि भारतको यो ११ औ जित हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)