‘डब्लूएचओ’ क्षेत्रीय निर्देशकमा उम्मेदवार डा. आचार्यको पक्षमा सरकारले प्रभावकारी लबिङ नगरेको गुनासो
ratopati.com · Mon Oct 09 06:48:00 GMT 2023
काठमाडौँ । नेपाल सरकारले २३ जुनमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) दक्षिणपूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशक पदमा नेपालका डा. शम्भु आचार्यको उम्मेदवारी मनोनयन दर्ता गरेको थियो । सोही पदमा बंगलादेशकी डा. सायमा वाजिदले पनि उम्मेदवारी दिएकी छन् ।
क्षेत्रीय निर्देशकको चुनाव अक्टोबर ३० मा दक्षिणपूर्वी एसिया कार्यालय, भारतमा हुनेछ । यसअघि सो पदमा सर्वसम्मत रूपमा नेतृत्व चयन हुँदै आए पनि यस पटक नेपाल र बंगलादेशबिच प्रतिस्पर्धा हुँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)