मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

च्याम्पियन्स लिग : भिल्लारियलको ठूलो पर्खाइ

ekantipur.com · Wed Apr 27 00:46:58 GMT 2022

बार्सिलोना — युभेन्ट्स र बायर्न म्युनिकले भिल्लारियलबारे एउटा तथ्य राम्रोसँग जान्ने अवसर पाए । यो स्पेनी क्लबको प्रतिष्ठा सानै रहे पनि युरोपको क्लब प्रतियोगितामा यसले आफ्नो उपस्थितिमात्र देखाएको छैन । स्पेनको पूर्वी सहर भिल्लारियलको कुल जनसंख्या ५० हजारमात्र छ । यही क्लबको युरोपेली च्याम्पियन्स लिगको फाइनल खेल्ने सपनाबाट एक अर्को ठूलो टिममात्र प्रतिद्वन्द्वी छ । त्यो हो लिभरपुल ।

लिभरपुलले एनफिल्डमा हुने सेमिफाइनल पहिलो लेगमा बुधबार भिल्लारियलको आतिथ्यता गर्नेछ । अन्तिम १६ मा युभेन्ट्स र क्वाटरफाइनलमा बायर्नलाई भिल्लारियलले जसरी अप्रत्याशित स्तब्ध पारेको थियो, उसको लक्ष्य लिभरपुलविरुद्ध पनि त्यस्तै नतिजा निकाल्ने हुनेछ । कम्तीमा एनफिल्डमा हार नबेहोर्ने । अर्को साता दोस्रो लेगमा भिल्लारियलसामु आफ्नै घरमा खेल्ने अवसर हुनेछ । त्यतिबेला टोलीसामु पुनरागमनको अवसर पनि हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)