नेपाली कला र संस्कृतिको संरक्षण गर्न आवश्यकः प्रदेश प्रमुख भट्ट
barnanmedia.com · Mon Aug 26 23:16:04 UTC 2024

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपाली कला र संस्कृतिको संरक्षण गर्दै त्यसप्रति युवापुस्तालाई आकर्षण गर्न जरुरी भएको बताउनुभएको छ ।
पोखरा–१६ बाटुलेचौरस्थित शुक्ला साहित्य प्रतिष्ठानद्वारा श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आज बाटुलेचौरमा आयोजित श्रीकृष्ण भजन राष्ट्रिय प्रतियोगिताको उद्घाटन गर्दै उहाँले त्यस्तो कुरामा जोड दिनुभएको हो । बाटुलेचौर साहित्यिक क्षेत्र मात्र नभएर जनकवि धर्मराज थापा र सारङ्गी बाधक झलकमान गन्धर्वको जन्मभूमि भएकाले यस क्षेत्रले साहित्य क्षेत्रको विकासमा ठूलो भूमिका खेल्दै आएको भनाइ उहाँको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)