इपिएसमार्फत ९३ हजार नेपाली कोरिया पुगे
ekagaj.com · Mon Jun 26 16:05:16 GMT 2023
काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत हालसम्म ९३ हजार नेपाली कोरिया गएकाे बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले साे बताएका हुन् ।
उनका अनुसार हाल ४५ हजार नेपाली कोरियामा कार्यरत छन् । गत आर्थिक वर्ष मात्रै पाँच हजार नौ सय ४१ जना कोरिया गएका थिए । चालु आवको जेठ मसान्तसम्म २० हजार एक सय ९२ जना कोरिया पुगेकाे उनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)