डिप्लोमा र स्नातकोत्तर तहमा आरोग्य पर्यटनको अध्यापन सुरु गर्छौं : मन्त्री पौडेल
nagariknews.nagariknetwork.com · Sat Jun 13 10:45:41 GMT 2026

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’ले नेपाललाई आरोग्य पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्न आगामी १० वर्षलाई ‘आरोग्य दशक’का रूपमा मनाउने तयारी भइरहेको बताएका छन्। यसका लागि आवश्यक नीति तथा रणनीति निर्माणको काम अघि बढिरहेको र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) मार्फत आरोग्य अध्ययनलाई डिप्लोमा तथा स्नातकोत्तर तहसम्म विस्तार गर्ने तयारी भइरहेको उनले जानकारी दिए।
नेपाल पर्यटन बोर्डको सभाहलमा शनिबार आयोजित ‘विश्व आरोग्य दिवस’ कार्यक्रममा मन्त्री पौडेलले नेपाल स्वभावतः आध्यात्मिक भूमि भएकाले यहाँको हिमाल, नदी, वनजंगल र प्राकृतिक वातावरणले मानिसलाई आत्मिक शान्ति र सकारात्मक ऊर्जा प्रदान गर्ने बताए। 'पर्यटनको सबैभन्दा ठूलो आधार खुसी हो, र आजको विश्वले सबैभन्दा बढी खोजिरहेको कुरा पनि त्यही खुसी हो,' उनले भने, 'नेपालसँग आध्यात्मिकता, योग, ध्यान, प्राकृतिक उपचार र आरोग्य जीवनशैलीको अनुपम सम्भावना छ, जसलाई व्यवस्थित रूपमा विकास गर्न सरकार प्रतिबद्ध छ।'
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)