त्रिविका ८ संकायमा डिन नियुक्ति गर्न छनोट समिति
ekantipur.com · Mon Aug 26 23:45:51 UTC 2024

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय (त्रिवि) कार्यकारी परिषद्ले चिकित्सा र इन्जिनियरिङ अध्ययन संस्थानसहित ८ वटा संकायका डिन नियुक्ति गर्न छुट्टाछुट्टै सिफारिस तथा छनोट समिति गठन गरेको छ ।
कानुनबाहेक अन्य संकायको डिन नियुक्तिका लागि ३/३ सदस्यीय समिति गठन भएको उपकुलपति कार्यालयका प्रमुख निर्मल मिश्रले बताए । त्रिविमा ५ अध्ययन संस्थान र ४ वटा संकाय छन् । तीमध्ये चिकित्सा शिक्षा, इन्जिनियरिङ, मानविकी तथा सामाजिक शास्त्र, कृषि तथा पशु विज्ञान र शिक्षा संकायका डिनको कार्यकाल सकिएर पद रिक्त छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)