परिवर्तन चाहनेहरुले एमालेलाई मन पराउँछन् : महासचिव पोखरेल
reportersnepal.com · Fri Jul 23 16:36:07 GMT 2021
साउन ८, काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले परिवर्तनका आन्दोलनमा लागेका हरेक मानिसहरुले एमालेलाई मन पराउने बताएका छन् । शुक्रबार धुम्बाराहीमा भएको पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले सो कुरा बताएका हुन् । विभिन्न पार्टीमा जिम्मेवारी सम्हालेका नेता तथा कार्यकर्ताहरुलाई एमाले पार्टीमा प्रवेश गराउँदै महासचिव पोखरेलले स्वागत गरे ।
कार्यक्रममा बोल्दै पोखरेलले लोकतान्त्रिक विचारको पक्षमा रहेका मानिसहरुलाई एमालेको पक्षमा उभिने दाबी गरे । नव प्रवेशीहरुलाई बधाई तथा शुभकामना दिदै उनले पार्टीका हरेक गतिविधिमा रहेर ईमान्दारितापूर्वक काम गर्न निर्देशन दिए । महासचिव पोखरेलले भने – ‘पार्टीभित्रको आन्तरिक झमेला झेलिरहेको अवस्थामा पार्टीभित्रै अन्तरसंघर्ष हुने सामान्य कुरा रहे पनि पार्टी महाधिवेशनबाट निर्वाचित अध्यक्ष तथा जननिर्वाचित प्रधानमन्त्री ढाल्ने षड्यन्त्र गर्नु गलत हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)