नाफामूलक संस्थामा ऐनविपरीत राष्ट्र बैंकको लगानी
ekantipur.com · Thu Sep 09 01:01:44 GMT 2021
काठमाडौँ — एउटा संस्थामा १० प्रतिशतभन्दा बढी सेयर स्वामित्व राख्न नपाउने कानुनी व्यवस्था भए पनि ७ वटा संस्थामा रहेको सीमाभन्दा बढी सेयर राष्ट्र बैंकले अझै बिक्री गर्न सकेको छैन । कानुन पालना गराउने मुलुकको केन्द्रीय बैंक नै जवाफदेही बन्न नसक्दा यस्तो अवस्था आएको हो । तीमध्ये धेरै संस्था नाफामूलक छन् ।
यसबारे महालेखा परीक्षकको कार्यालयले पनि प्रश्न उठाएको छ । महालेखाको ५८ औं वार्षिक प्रतिवेदनमा ‘सीमाभन्दा बढी लगानी’ शीर्षक नै बनाएर उक्त विषयलाई प्राथमिकता दिइएको छ । प्रतिवेदनका अनुसार हाल विभिन्न क्षेत्रका ७ वटा संस्थामा राष्ट्र बैंकको लगानी ती संस्थाको कुल पुँजीको १० प्रतिशतभन्दा बढी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)