टिभिएस जुपिटर खरिदमा ९ महिनासम्म पेट्रोल फ्री, मासिक २,८९९ रुपैयाँमै घर लैजान सकिने
annapurnapost.com · Sat Jun 13 11:03:38 GMT 2026

काठमाडौं : नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘अल न्यू टिभिएस जुपिटर बिएस-भीआई’ का लागि नयाँ ग्राहक केन्द्रित अभियान सार्वजनिक गरेको छ। “पेट्रोलको टेन्सन? अब टिभिएस जुपिटर सोलुसन” भन्ने मुख्य सन्देशसहित ल्याइएको यस अभियानले दैनिक यात्रामा हुने पेट्रोल खर्चको चिन्तालाई सम्बोधन गर्दै टिभिएस जुपिटर लाई किफायती र भरपर्दो मोबिलिटी समाधानका रूपमा प्रस्तुत गरेको छ।
यस आकर्षक अभियान अन्तर्गत नयाँ टिभिएस जुपिटर खरिद गर्ने ग्राहकले ९ महिनासम्म निःशुल्क पेट्रोल प्राप्त गर्ने विशेष सुविधा पाउनेछन्, जसले उपभोक्ताको दैनिक यात्रा खर्चलाई निकै कम गर्नेछ। उत्कृष्ट माइलेजका लागि बजारमा स्थापित यस स्कुटरले प्रति लिटर ६० किलोमिटरसम्मको प्रमाणीकृत माइलेज प्रदान गर्ने भएकाले यो दैनिक कम्युटरहरूका लागि अत्यन्तै आर्थिक साबित भएको छ। आरामदायी राइडिङ अनुभव, स्टाइलिस लुक्स र आधुनिक बिएस-भीआई इन्जिन प्रविधिका कारण यो स्कुटर नेपाली परिवार र कार्यालय जाने यात्रुहरूको पहिलो रोजाइ बन्दै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)