विषादीको विकल्प मानव पिसाब
abhiyandaily.com
विषादीमा करोडौं रुपैयाँ खर्च गरिरहेको नेपालमा मानव पिसाबलाई विषादीको विकल्पमा प्रयोग गर्न थालिएको छ । मकवानपुरको गोगने गाविसका किसानले यसलाई प्रयोग गरेका हुन् । किसानहरूले मानव पिसाबलाई विषादीका रूपमा पानीमा घोलेर तरकारीमा छर्कन थालेका छन् ।
गोगने गाविस ७ दुम्सीखर्कका किसानहरूले इको स्यान नामक शौचालय प्रयोग गरी यो प्रयोग गरेका हुन् । गाँजा खेती छाडेर बेमौसमी तरकारी खेतीमा लागेका यहाँका किसानले यसबाट लाभ लिइरहेका छन् । इको स्यान नामक शौचालयमा दिसालाई सेफ्टी ट्यान्कीमा र पिसाबलाई ड्रममा संकलन गरिने स्थानीय अगुवा कृषक वेदबहादुर मुक्तानले बताए । संकलित पिसाबमा पानी मिसाएर यसलाई विषादीको रूपमा प्रयोग गर्न सकिन्छ । उनका अनुसार ५ भाग पानीमा एक भाग मानव पिसाब घोलेर तरकारी खेतीमा छर्कने गरिएको छ । पिसाबको प्रयोगले तरकारीमा लाग्ने किराफट्याङ्ग्रा भाग्ने र वातावरण पनि विषादीरहित हुने उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)