लगानी बोर्डको एक दशक : ८ खर्ब ३३ अर्बको लगानी स्वीकृत
ekantipur.com · Thu Sep 09 00:55:36 GMT 2021
काठमाडौँ — लगानी बोर्डले स्थापनाको १० वर्षमा २७ आयोजनाका लागि ८ खर्ब ३३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । जसमध्ये साढे ४ खर्ब रुपैयाँका आयोजना कार्यान्वयनको सुनिश्चितता भइसकेको छ ।
सञ्चालनमा आइसकेको आयोजनाको संख्या भने एक मात्र छ । ३६० मिलियन अमेरिकी डलर बराबरको नेपाल–चीन संयुक्त लगानीको होङ्सी शिवम् सिमेन्ट उद्योगको मात्र निर्माण सम्पन्न भएको हो । जसको दैनिक उत्पादन क्षमता ६ हजार टन छ । ‘निर्माण सुरु भएका आयोजनाहरूको काम भइरहेको छ,’ बोर्डका उपसचिव एवं सहप्रवक्ता रमेश अधिकारीले भने, ‘आगामी ५ वर्षमा १० अर्ब अमेरिकी डलर बराबरको विदेशी लगानी स्वीकृत गर्ने लक्ष्यसहित तयार पारिएको बोर्डको योजना बुधबार मात्रै सार्वजनिक गरिएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)