अनशन चौतारीछेउको शान्त क्याफे
nepalnews.com · Sat Jun 13 11:15:11 GMT 2026

दमौली बजारमा एउटा बाटोको नाम छ– सफा सडक मार्ग। व्यास नगरपालिकाछेवैको यो मार्ग नाम जति सफा भने छैन। नगरपालिकाको नाभिमा रहेको यो मार्ग सिधै ठोक्किन पुग्छ दमौलीको जिल्ला प्रशासन कार्यालयसँग। बगलमै छ, ठूलो चौर र चौतारी जुन अनशन चौतारीका रूपमा परिचित छ। अनौठो छैन त यो नाम? हरेक प्रकारका अनशन, धर्ना, जुलुस, मागदाबी, र्यालीको साक्षी बनेकै वर्षौं भयो यो चौतारी।
अनशन चौतारीको अगाडि एउटा क्याफे छ जसको थाप्लोमा अंकित छ– ‘सिरेनिटी क्याफे’। अर्थात् शान्त क्याफे। हल्लाखल्ला र शक्ति प्रदर्शन हुने ठाउँ नजिकै अवस्थित शान्त क्याफे। कोलाहलमाझ अमिल्दो पाराले उभिरहेझैँ लाग्ने सिरेनिटी नाम सुनेर कतै तपाईं पनि मथिंगल मन्थन गर्न थाल्नुभयो कि?
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)