नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौं : पर्यटनमन्त्री
nepalsamaya.com · Sat Jun 13 11:15:34 GMT 2026

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने बताएका छन्। नेपाल पर्यटन बोर्ड र स्पा सङ्घ नेपालको आयोजनामा विश्व आरोग्य दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले आगामी दश वर्षलाई ‘आरोग्य दशक’का रूपमा मनाउने तयारी भइरहेको जानकारी दिए।
मन्त्री पौडेलले आरोग्य दशक मनाउनका लागि आवश्यक नीति तथा रणनीति निर्माण प्रक्रिया अघि बढिरहेको बताए। आरोग्य पर्यटन अध्ययनलाई होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) मार्फत स्नातक तथा स्नातकोत्तर तहसम्म विस्तार गर्ने तयारी भइरहेको उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)
काठमाडौँ