मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘उत्पादनमूलक उद्योगलाई प्रोत्साहन मिल्नेछ’

ekantipur.com · Sat Jul 23 01:33:09 GMT 2022

काठमाडौँ — मौद्रिक नीतिका विभिन्न पक्ष छन् । हाम्रा साथीहरूले मौद्रिक नीतिका विषयमा विभिन्न कोणबाट अध्ययन गरिरहनुभएको छ । समग्रमा नेपाल उद्योग वाणिज्य महासंघले विज्ञप्ति जारी गरेर मौद्रिक नीतिमाथि टिप्पणी गर्छ । तर पनि समग्रमा भन्नुपर्दा मौद्रिक नीतिमार्फत धेरै कडाइ गर्न खोजिएको छ । जसले कतै सकारात्मक प्रभाव र कतिपय क्षेत्रमा असर पनि पर्न सक्छ ।

मुख्य गरी सेयर बजारका लागि मौद्रिक नीतिले लिएको कदम ठीक छ । सेयर धितो राखेर दिइने मार्जिन कर्जाको सीमा ४ करोड हटाइएको छ । सेयर लगानीकर्ताको माग केही हदसम्म सम्बोधन भएको छ । उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह हुने गरी नीति तय भएको देखिन्छ । उद्योग र व्यापारका लागि फरकफरक ब्याजदर लागू गर्ने नीति सकारात्मक छ । ब्याजदर बढ्ने देखिन्छ तर मैले जति अपेक्षा गरिरहेको छु, त्यति बढ्छ जस्तो लाग्दैन ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)