मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रेरक प्रसंग : फुर्ती देखाउँदाको परिणाम

nayapatrikadaily.com · Wed Aug 30 00:10:00 GMT 2023

व्यवस्थापन संकायको उच्च शिक्षा प्राप्त गरेको एक युवकले निकै राम्रो जागिर पाए । कम्पनीले उनलाई काम गर्न एक अलग्गै क्याबिन पनि दियो । आज उनको जागिरको पहिलो दिन थियो । उनी समयमै कार्यालय पुगे । कम्पनीले आफूलाई दिएको कुर्सीमा बसेर उनी सानदार क्याबिन नियाल्दै थिए । त्यति नै वेला उनको ढोका कसैले ढकढकाएको आवाज आयो । उनले ढोकातिर यसो हेरे । त्यहाँ एक सामान्य देखिने मानिस एउटा झोला बोकेर उभिइरहेका थिए । युवकले ती आगन्तुकलाई भित्र बोलाएर आउनुको कारण सोध्नुको साटो आधा घन्टा प्रतीक्षा गर्नू भनेर आफू काममा लागेजस्तो गर्न थाले ।

आधा घन्टापछि पुनः तिनै मानिसले भित्र आउने अनुमति माग्दै ढोका ढकढकाए । उनलाई भित्र आउने अनुमति दिएर युवक आफ्नो टेबलमा राखिएको टेलिफोनको रिसिभर उठाएर कसैसित कुरा गर्न थाले । उनी फोनमा कसैसित धेरै–धेरै पैसा र सुविधाको कुरा गर्न थाले । उनी फोनमा आफ्नो ऐसआरामबारे अनेक कुरा गरिरहेका थिए । भित्र पसेका व्यक्ति पनि उनका कुरा चुपचाप सुनिरहेका थिए । तैपनि, ती युवकले आफ्नो वार्तालाप रोक्नुको साटो जारी नै राखे ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)