मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बजेटमा काभ्रे : सुरुङमार्ग र मदन भण्डारी विश्वविद्यालयलाई प्राथमिकता

barnanmedia.com · Thu May 29 21:32:53 GMT 2025

काभ्रेपलाञ्चोक, १६ जेठ : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा काभ्रेपलाञ्चोकमा सुरुङमार्ग आयोजनालाई अघि बढाउने घोषणा गरिएको छ । बजेट मन्तव्यमा पौडेलले काभ्रेपलाञ्चोकअन्तर्गत राष्ट्रिय गौरवका आयोजनालगायत अन्य आयोजनालाई बजेट विनियोजन गरिएको घोषणा गर्नुभयो ।

प्रस्तुत बजेटमा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दोलालाघाटबाट दोलखाको शैलुङ्ग गाउँपालिका–७ को चर्नावतीसम्म सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने जनाइएको छ । पौडेलले बजेट सार्वजनिक गर्दै काभ्रेपलाञ्चोकको दोलालघाट–चर्नावती सुरुङमार्गको सम्भाव्यता अध्ययन सम्पन्न गरिने घोषणा गर्नुभएको हो । यससँगै जिल्लामा सुरु भएका दीर्घकालीन महत्वका योजनाहरू बजेटको प्राथमिकतामा परेको जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)