लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पाण्डेयले दिए राजीनामा
reportersnepal.com · Tue Aug 10 17:13:53 GMT 2021
काठमाडौं, २६ साउन । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सन्तोष कुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन् । पाण्डेयले आज मुख्यमन्त्री शंकर पोखरेलसमक्ष राजीनामा बुझाएका हुन् । उनी जसपाका नेता हुन् ।
पार्टीको परिवर्तित अवस्थालाई ध्यानमा राखेर नैतिकताको आधारमा राजीनामा दिएको उनको स्पष्टोक्ति छ । मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी गठबन्धनले संसद्मा अविश्वासको प्रस्ताव दर्ता गराएको छ । र, उक्त प्रस्तावमािथ भोलि नै संसद्मा छलफल हुने कार्यतालिका छ । File Photo
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)