मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

lokaantar.com · Thu Feb 16 00:02:16 GMT 2023

लागूऔषधि मुद्दाका फरार एक प्रतिवादीलाई झापा प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रवक्ता तथा सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार झापा जिल्ला अदालतले २०७८ माघ २६ गते वारेन्ट पुर्जी जारी भई लागूऔषध मुद्दामा फरार रहेका मेचीनगर नगरपालिका वडा १ बस्ने वर्ष २९ को सनत भन्ने नवराज राना मगरलाई पक्राउ गरिएको हो ।

प्रहरी चौकी तिरिङ्खोलाबाट खटिएको प्रहरी टोलीले मगरकै गाउँघरमा लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरी अदालतको आदेश अनुसार पूर्पपक्षका लागि कारागार कार्यालय झापा चलान गरिएको प्रवक्रा रिजालले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)