जुम्लाका आठ स्थानीय तहका १२६ उजुरी अख्तियारमा
rajdhanidaily.com · Tue Mar 31 13:54:08 GMT 2026

जुम्ला । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कर्णाली प्रदेश कार्यालय सुर्खेतमा जुम्लाका आठ स्थानीय तहसम्बन्धी एक सय २६ वटा उजुरी परेका छन् ।
कार्यालयका सूचना अधिकारी धर्मराज बुढाले चालु आर्थिक वर्षको फागुनसम्म स्थानीय तहका अनियमितता तथा भ्रष्टाचारसम्बन्धी विभिन्न उजुरी परेका र तीमध्ये ३५ वटा फर्छ्यौट गरिएका बताए । तीमध्ये सबैभन्दा बढी चन्नदनाथ नगरपालिकाका ५२ वटा उजुरी परेकामा १३ वटा फर्छ्यौट गरिएको उनले जानकारी दिए ।
यस्तै, गुठीचौर गाउँपालिकाका २३ उजुरीमध्ये नौ, पातारासीको ११ वटा उजुरीमध्ये चार, तातोपानी गाउँपालिकाका नौ उजुरीमध्ये दुई, हिमा गाउँपालिकाका सात वटामध्ये एक, तिलाका नौ वटामध्ये दुई, सिञ्जाका चार वटामध्ये दुई र कनकासुन्दरीका ११ उजुरीमध्ये दुई वटा फर्छ्यौट गरिएका सूचना अधिकारी बुढाले बताए ।
आयोगले स्थानीय तहका उजुरी प्रत्येक वर्ष बढ्दै गएको जनाएको छ । आयोग प्रदेश कार्यालयअन्तर्गत कर्णाली प्रदेशका १० सहित लुम्बिनी प्रदेशको पूर्वीरुकुम जिल्ला रहेको छ ।
सम्बन्धित समाचार
गुराँस संरक्षण गर्न के गर्दैछ गुराँस गाउँपालिका ?
निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको छ : प्रधानमन्त्री कार्की
माटोको ढिस्कोले पुरिएर जुम्लामा एक महिलाको मृत्यु
जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सा सेवा
जाजरकोटका ८० भुकम्प प्रभावित कृषकलाई मौरी घार वितरण
कर्णालीको दश वर्षीय शिक्षा योजना निर्माण अन्तिम चरणमा
चैते दशैंको दिन कर्णालीमा सार्वजनिक विदा
जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)