मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर्मचारीको माग सम्बोधन गर्नेगरी विधेयक आउँछ : प्रवक्ता शाह

barnanmedia.com · Thu May 29 21:45:12 GMT 2025

कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले स्थानीय तहका कर्मचारीहरूको माग सम्बोधन हुनेगरी विधेयक आउने बताउनुभएको छ ।

प्रदेश सरकारले ‘स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१’ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभा दर्ता गरी फिर्ता लिएको बताउँदै प्रवक्ता शाहले प्रदेश निजामती कर्मचारी ऐनसँग मिलाउने गरी प्रदेशसभामा विधेयक दर्ता गराउने प्रक्रियामा रहेको राससलाई जानकारी दिनुभयो । “स्थानीय तहका कर्मचारीको माग सम्बोधन हुनेगरी विधेयक सभामा दर्ता हुन्छ”, उहाँले भन्नुभयो, “त्यही सदनबाट पारित गरिन्छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)