मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सेना परिचालनका लागि मन्त्रिपरिषद्मा सिफारिस गरिँदै

rajdhanidaily.com · Thu Nov 20 22:54:24 GMT 2025

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठकले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्नार्थ नेपाल सरकार, मन्त्रिपरिषद् समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । नेपालको संविधानको धारा २६६ को उपधारा (१) बमोजिम नेपाली सेनाको परिचालनका लागि सिफारिस गर्ने निर्णय भएको हो ।

प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषद् सचिवालयमा बिहीबार परिषद् अध्यक्षसमेत रहेका प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)