बजेटमा समेटिएका गण्डकीका योजना
barnanmedia.com · Thu May 29 21:48:37 GMT 2025

सरकारले ल्याएको आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रममा गण्डकी प्रदेशका महत्त्वपूर्ण योजना समेटिएका छन् । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय ससंद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको बजेटमा यहाँका ठूला पूर्वाधार आयोजनादेखि पर्यटन प्रवर्द्धनसम्मका कार्यक्रम समावेश छन् ।
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक चार लेनमा विस्तार गर्ने कार्य आगामी वर्षभित्र सम्पन्न गर्न रु आठ अर्ब ५२ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री पौडलले उल्लेख गर्नुभयो । पर्यटन प्रवर्द्धन तथा आर्थिक क्रियाकलापका दृष्टिले महत्त्वपूर्ण मानिएको पोखरा–बुटवल जोड्ने सिद्धार्थ राजमार्गलाई डेडिकेटेड दुई लेनमा विस्तार तथा स्तरोन्नति गरिने भएको छ । सालझण्डी–ढोरपाटन सडक निर्माणलाई पनि तीव्रता दिइने उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)